आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं । सुनको मूल्य आज एकैदिन ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर हुँदै गएकाले नेपाली बजारमा पनि केही दिन भाउमा उतारचढाव आउने उनले बताए  ।

विश्वमा कोरोनाको जोखिम फेरि बढेकाले लगानी क्षेत्र निश्चित भएको छैन । लगानी सुरक्षित गर्न धेरैले सुनमा लगानी गर्न थालेकाले सुनको माग बढ्दा भाउ बढेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔंस १७ सय १२ दशमलव ९ डलर रहेको छ ।  

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।