आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा ९०० रूपैयाँले घटेर आज बुधबार ‍छापावाला सुन प्रतितोला ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला २० रूपैयाँ घटेर ११९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।