काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण निर्माणका लागि सक्रियता बढाएका छन्। मंगलबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन्।
मंगलबार नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पनरवलोकनका लागि अदालत पुगेर रिट निवेदनपछि कोटेश्वरमा आयोजित एक कार्यक्रममा सहभागी भएर प्रचण्ड दिउँसो सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। उनीहरुबीच झण्डै आधा घण्टाजति समसामयिक राजनीति र नयाँ सत्ता समीकरणका विषयमा छलफल भएको देउवाका सहयोगी भानु देउवाले बताए।
मंगलबारै साँझ अध्यक्ष प्रचण्डले पूर्व सहकर्मीसमेत रहेका डा। भट्टराईसँग टोखास्थित उनकै निवासमा पुगेर छलफल गरेका हुन्। प्रचण्ड र डा भट्टराईबीच अहिले समसायमयिक राजनीतिक विषय र प्रधानमन्त्री केपी ओलीलाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो ।
देउवा र भट्टराईसँगको भेटमा प्रचण्डले ओलीविरुद्ध मोर्चाबन्दी र अविश्वासको प्रस्ताव फिर्तपछिको समीकरणमा साथको ज्ञारेन्टी मागेको बताइन्छ ।