आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारका लागि ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको भाउ प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुनको प्रतितोला भाउ ८५ हजार ८५० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १२ सय २५ रुपैयाँ कायम भएको छ ।