लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । हिजो दुई सयले घटेर छापावाला सुन प्रति तोला रु ८७ हजारमा कारोबार भएकोमा आज  रु ३ सयले घटेर प्रति तोला रु ८६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रति तोला रु ८६ हजार २ सय ५० कायम भएको महासंघले जनाएको छ।

यता चाँदी भने तोलामा रु १२५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।