आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा २०० सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पति तोलामा २०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा २० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।