आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ५०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ घटेको छ । तेजावी सुन आज प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।