सिंगटी हाइड्रो इनर्जीको आइपीओ खुला

सिंगटी हाइड्रो इनर्जीको आइपीओ खुला

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि प्राथमिक शेयर (आइपिओ) निस्कासन तथा बिक्री खुला गरेको छ। 

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका छुट्ट्याइएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ​

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। शेयर खरिदका लागि चैत १० गतेसम्म आवेदन दिनुपर्नेछ।  त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुनेछ। 

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट १४ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणबाट २९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।