काजकस्तानमा विमान दुर्घटना हुदाँ ९ जनाको मृत्यु

काजकस्तानमा विमान दुर्घटना हुदाँ ९ जनाको मृत्यु

काठमाण्डौ : काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ ।विमान एक संरचनामा ठोक्किएर दुईतले भवनमा जोतिएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी कम्तीमा ९ जनाको ज्यान गएको छ । शुक्रबार बिहान अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन ।विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए । दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन । विमानमा आगो भने नलागेको बताइएको छ ।