आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।