प्रिमियर लिग :लीस्टर सितिमाथि लिभरपूलको सान्दार जित

प्रिमियर लिग :लीस्टर सितिमाथि  लिभरपूलको सान्दार जित

काठमाडौं : प्रिमियर लिग अन्तरगत गए रात १९ औं चरणको खेलहरु समपण भएको छ । जसमा शिर्ष स्थानको लिभरपूलले दोस्रो स्थानको लीस्टर सितिमाथि ४-० को सान्दार जित निकाल्दै दोस्रो स्थानको लीस्टर सिति संगको दुरी १३ अङकमा पुराएको छ ।

लीस्टर सितिको घरेलु मैदानमा भएकाको खेलमा सुरुवाट देखीनै लीस्टर माथि लिभरपूलले आफनो दबदबा बनाएको थियो । लिभरपूललाई ४-० को जित दिलाउने क्रममा ३१ औं मिनेटमा रोबटो फिरमिनोले गोल गर्दै लिभरपूललाई अग्रता दिलाएका थिए । त्यस पछि पहिलो हाफमा कनै गोल हुन सकेन ।

दोस्रो हाफको ७१ औं मिनेटमा जेम्स मिलनरले पेनालती द्धारा लिभरपूलको अग्रता दोबर बनाए । त्यसको तिन मिनेत पछि नै रोबटो फिरमिनोले गोल गर्दै लिभरपूलको लागी तेस्रो र अफनो लागी दोस्रो गोल गरे । त्यसको फेरी तिन मिनेतमा नै अलेक्ज्याण्डर अर्नोल्डदेले मानेको पासमा उत्कृष्ट गोल गर्दै लिभरपूलको अग्रता ४-० मा पुराए । यस पछि दोूरो हाफमा कुनै गोल हुन सकेन र लिभरपूलले खेल ४-० को बारी अन्तरले जित हात पारो ।