आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आइतबार सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।