केपी ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयोः वामदेव गौतम

केपी ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयोः वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्।

गौतमका प्रेस सल्लाहकारका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्। ‘ केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमको आधिकारिक धारणा भन्दै सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्।

केही समयअगाडि ओलीले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसेका छन्।