आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।