आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले नै बढेर ८५ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदी पनि आज तोलामा १५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।