आज पनि ओरालो लाग्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि ओरालो लाग्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक हजारले घटेर ८६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।