ट्विटरले आफनो गाहकको गोप्य सुचना चुवाबटको आरोप

ट्विटरले आफनो गाहकको गोप्य सुचना चुवाबटको आरोप

एजेन्सी : अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरमा प्रयोगकर्ताका डेटा फेरि उल्लंघन भएको छ । १ करोड ७० लाख फोन नम्बर प्रयोगकर्ता एकाउन्टसँग मेल खाएको दाबी एक अनुसन्धाताले गरेका छन् । यसरी एकाउन्ट र फोन नम्बर मेल खानेमा हाईप्रोफाइल राजनीतिज्ञ र अधिकारीहरु समेत रहेको सुरक्षा अनुसन्धानदाता इब्राहिम बेलिकले भेटाएको भन्दै अमेरिकी अनलाइन प्रविधि समाचारदाता टेकक्रन्चले बताएको छ ।

प्रयोगकर्ताले फोन नम्बर अपलोड गर्दा यसको बदलामा प्रयोगकर्ताका डेटा आउने उनको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ । यसरी डेटा उल्लंघन भएका अधिकांश प्रयोगकर्ता इजरायल, टर्की, इरान, ग्रिस, अर्मेनिया, फ्रान्स र जर्मनीका भएको बताइएको छ ।

दुई महीनाको अवधिभित्र बेलिकले प्रयोगकर्ताको नाम सिधै हेरफेर गर्न थाले । यसबारे थाहा पाएपछि उनको प्रयासलाई डिसेम्बर २० मा कम्पनीले रोकिदियो । प्रयोगकर्ता हेरफेर गर्न बेलिकले ह्वाट्स एप ग्रूप बनाएका थिए । यस क्रममा उनले २ अर्ब फोन नम्बर लिएर एक पछि अर्को गर्दै यी नम्बरहरुलाई एण्ड्रोइड एपमार्फत ट्विटरमा अपलोड गरे ।

वेबमा आधारित अपलोड फिचरमा भने यो बग थिएन । कसैले आफ्नो एपमा दूर्भावनापूर्ण कोडहरु इन्सर्ट गरेको र यसबाट विश्वभर कयौं प्रयोगकर्ताका सूचनाहरु चोरी हुन सक्ने गत हप्ता ट्विटरले एक विज्ञप्तिमा भनेको थियो । कम्पनीको सो अभिव्यक्ति बेलिकसँग सम्बन्धित हो कि होइन भन्ने चाँहि पुष्टि भइसकेको छैन । बेलिकले यस अघि सन् २०१३ मा अमेरिक प्रविधि कम्पनी एप्पलको डेभलपर सेन्टरमा देखिएको सुरक्षा त्रुटी पत्ता लगाएका थिए । यसलाई कम्पनीले गम्भीर रुपमा लिएको र यस्ता चिज फेरि नदोहोरिउन भनेर सक्रिय रुपमा अनुसन्धान भइरहेको ट्विटरका प्रवक्ताले भनेका छन् । हालैका समयमा ट्विटरमा यस्तै खाले विभिन्न समस्याहरु देखिएका छन् । एजेन्सी