काठमाडाैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सोमवार सामान्य सुधार भएको छ । अघिल्लो हप्तादेखि ओरालो लागेको सुनको मूल्य आइतवार पनि ओरालो नै लागेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमवारका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ८८ हजार ३०० रुपैयाँमा आइतवार कारोवार भएको छापावाला सुन सोमवार भने ८८ हजार ७०० रुपैयाँ मूल्य कायम भएको छ ।
तेजाबी सुनको मूल्य आइतवार प्रतितोला ८७ हजार ८५० हजार रुपैयाँमा कारोबार भएकामा सोमवारका लागि ८८ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तोलामा १ हजार ३२५ रुपैयाँमा आइतवार कारोबार भएको चाँदी सोमवारका लागि भने ५ रुपैयाँले वृद्धि भई १ हजार ३५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।