आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ ।  

तोलामा आज चाँदीको भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।