आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेको छ । तोलामा नै एघार सयले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार एक सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार ६५० मा कारोवार भएको थियो । 

यस्तै चाँदी आज तोलामा १५ ले घटेको छ । एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।