हङकङमा आन्दोलनकारीद्धारा प्रहरीमाथि पेट्रोल बम प्रहार

हङकङमा आन्दोलनकारीद्धारा  प्रहरीमाथि पेट्रोल बम प्रहार

काठमाडौं : हङकङमा ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि प्रहरीले आन्दोलनकारी माथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् ।

क्रिसमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार गरेपछि प्रहरीको दमन बढेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

विवादास्पद विधेयकको विरोधमा सुरु भएको आन्दोलनका क्रममा प्रहरीले गरेको अत्याधिक दमनको छानविन गर्न माग गर्दै पछिल्ला दिनहरुको प्रदर्शन हुन थालेको बताइएको छ । केही आन्दोलनकारीहरुले क्रिसकमको समयमा प्रदर्शन गर्न नहुने बताएपनि आन्दोलनकारीले बैंक तथा निजी व्यापारीक भवनहरुमथि तोडफोड गर्न थालेपछि त्यसको सुरक्षाका लागि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीले दावी गरेको छ ।