ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाकाे ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाकाे ?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।