निरन्तर ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

निरन्तर ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो। यसअघि मंगलबार प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो। बुधबार ११ सयले घटेको सुनको मुल्य बिहिबार ६०० रूपैयाँले घटेको हो।  यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रूपैयाँ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो।