ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

त्यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ। हिजो छापावाल सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैयाँले कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।

हिजोको तुलनामा आज २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १७ सय ९३ दशमलव १९ अमेरिकी डलरमा कारोबार भएको छ। यो मूल्य २।८७ डलर बढेको हो।