आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  सुनको भाउ आज तोलामा दुईसयले बढेको छ। हिजो घटेको सुनको भाउ आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आजका लागि छापावाल सुनको भाउ ९० हजार ९०० रुपैयाँ तोकिएको छ। यस्तै तेजावी सुनको भाउ ९० हजार ४ सय तोकिएको छ।

सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा छापावाल सुनको कारोवार भएको थियो। आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ।

सोमबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।