घट्यो सुनको मूल्य , कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य , कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको भाउ सामान्य घटेको छ भने चाँदीको बढेको छ । गएको शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँले घटेर तोलाको ९० हजार ३०० कायम भएको छ । गएको शुक्रबार तोलाको ९० हजार ४०० थियो ।

यसदिन चाँदीको भाउ भने बढेको छ । आजका लागि चाँदीको मूल्य तोलाको १३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गएको शुक्रबार तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ तोलामा सय रुपैयाँले घटेको दिन चाँदी भने १५ रुपैयाँले बढेको हो ।