भारतको झारखण्ड चुनाबमा कांग्रेस गठबन्धन बिजयी

भारतको झारखण्ड चुनाबमा कांग्रेस गठबन्धन बिजयी

काठमाडौं : भारतको झारखण्ड विधानसभामा झारखण्ड मुक्ति मोर्चा (झामुमो), भारतीय नेसनल काँग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ ।

८१ सदस्यीय विधानसभामा यो गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ । जसमध्ये झामुमोले ३०, काँग्रेसले १६ र आरजेडीले एक स्थानमा जितेको छ । २०१४ मा झामुमोको १९ र काँग्रेसको ६ सिट रहेको थियो ।

केन्द्रमा भारी बहुमत सहित सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) झारखण्डमा भने दोस्रो ठूलो दलमा सीमित भएको छ । यसपटक भाजपाले २५ सिट हासिल गरेको छ । गत विधानसभा निर्वाचनमा ३७ स्थानमा जितेर उसले पाँच वर्ष सरकार चलाएको थियो ।

२००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भए यता पहिलो पटक पाँच वर्षे कार्यकाल पुरा गरेका निवर्तमान मुख्यमन्त्री रघुवर दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन । छ महिना पहिला भएको लोकसभा निर्वाचनमा भाजपाले ५० प्रतिशत भन्दा बढी मत ल्याएको झारखण्ड क्षेत्रमा स्वतन्त्र उम्मेदवारले भन्दा निवर्तमान मुख्यमन्त्रीले दश प्रतिशत कम मत पाएका हुन्।भाजपाका पूर्व नेता रोयले रघुबर दाससँगको असन्तुष्टिपछि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।