अमेरिकी विमान निर्माता बोइङका प्रमुख कार्यकारी अधिकृत वर्खास्त

अमेरिकी विमान निर्माता बोइङका प्रमुख कार्यकारी अधिकृत वर्खास्त

काठमाडौं : अमेरिकी विमान निर्माता कम्पनी बोइङ प्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनवर्गलाई वर्खास्त गरेको छ ।

बोइङको बोर्डले मुलेनवर्गलई पदबाट हटाउने निर्णय गरेको हो । केही दिनअघि मात्र आफ्ना उत्पादन तत्कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले प्रमुख कार्यकारी अधिकृतसमेत हटाएको छ । पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथियोपियामा दुई वटा बोइङ दुर्घटनाग्रस्त भएपछि विमानको सुरक्षाको विषयमा सर्वत्र आलोचना भएको थियो ।

कम्पनीले यस वर्ष मात्र पाँच वटा बोइङ बिक्री गर्ने तयारी गरेको थियो । बोइङले कम्पनीका अध्यक्ष डेविड कोलहन आगामी जनवरीदेखि मुख्य कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ । बोइङले बोर्ड सदस्यहरुको जिम्मेवारी हेरफेर गरेकाले आगामी दिनमा आफ्नो व्यापारिक विश्वशनियता पुनः कायम राख्ने विस्वाससमेत व्यक्त गरेको छ ।