शेयर बजारमा उल्लास, ५० अंकले बढ्दै नयाँ उचाइ कायम

शेयर बजारमा उल्लास, ५० अंकले बढ्दै नयाँ उचाइ कायम

काठमाडौं । साताको पहिलो दिन आइतवार शेयर बजारमा उल्लास छाएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार यस दिन बजार परिसूचक ५०.२० अंक बढ्दै २४२४.८४ विन्दुमा पुगेको छ । यससँगै शेयर बजारले नयाँ उचाइ कायम गरेको छ । 

कुल २ सय ७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ९ अर्ब करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँमा खरिदबिक्री भएको छ ।  आज सेन्सेटिभ इन्डेक्स पनि ६।४७ अंकले बढ्दै ४५२.०६ विन्दुमा पुगेको छ । ट्रेडिङ उपसमूहबाहेक अन्य सबै उपसमूहहरूमा यस दिन लगानीकर्ताको आकर्षण बढेको छ । 

जसमध्ये अन्य उपसमूहको शेयर सूचक सबैभन्दा धेरै ५.६९ प्रतिशतले बढेको छ । यस्तै हाइड्रोपावर उपसमूहको २.२७ प्रतिशत, माइक्रोफाइनान्सको २.५६, निर्जीवन बीमाको १.९३ प्रतिशत, बैंकिङ उपसमूहको सूचक १.२४ प्रतिशतले बढेको छ । ट्रेडिङ उपसमूहमा भने २.४७ प्रतिशतको गिरावट आएको छ । 

यस दिन गुराँस लाइफ इन्सुरेन्स कम्पनीको नाफा १० प्रतिशतले बढेको छ । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्था १० प्रतिशतले बढेको छ ।