सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडाैं । सुनको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको आजको भाउ  शुक्रबारको भन्दा तीन सय रुपैयाँ सस्तो हो । चाँदीको भाउ भने आज स्थिर छ ।

चाँदीको भाउ अस्तिको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।