आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छपावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १२६० रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।