बढ्यो सुनचाँदीको मूल्य, कति छ आज तोलाको ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज तोलाको ?

काठमाडौं । आइतवार र सोमवार केही घटेको सुनको मूल्य मंगलवार भने बढेको छ ।  यस दिन छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।