पत्रकार खाशोज्जी हत्याकाण्ड : पाँच जनालाई मृत्युदण्डकाे सजाय

पत्रकार खाशोज्जी हत्याकाण्ड : पाँच जनालाई मृत्युदण्डकाे सजाय

काठमाण्डौ : साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खाशोज्जी हत्याकाण्डमा संलग्न रहेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

सोमबार साउद अरबको सरकारी अभियोजक शलान अल शलानले दिएको जानकारी अनुसार घटनामा पाँचजनालाई मृत्युदण्डको सजाय दिइएको छ, जो हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेका थिए। साथै तीनजनालाई कूल मिलाएर २४ वर्षको जेल सजाय तोकिएको छ ।

उनका अनुसार यो घटनामा साउदी युवराज मोहम्मद बिन सलमानका सल्लाहकार सउद अल खतानीसँग पनि सोधपुछ गरिएको थियो । तर उनीमाथि कुनै आरोप लगाइएको छैन ।

पत्रकार खाशोज्जी अन्तिम पटक २ अक्टुबर २०१८ मा टर्कीको इस्तनबुलस्थित साउदी वाणिज्य दूतावासको बाहिर देखिएको थियो । साउदी दूतावासले नै पत्रकार खाशोज्जीको हत्या गरेको आरोप टर्कीले साउदीमाथि लगाएको थियो ।

पत्रकारको लाश अहिलेसम्म प्राप्त भएको छैन । टर्कीको आरोप थियो, साउदी राजपरिवारको आदेशमा नै खाशोज्जीको हत्या भएको हो । तर यो आरोपको साउदीले खण्डन गर्दै आएको थियो ।