बुटवलमा पाँच हजार मिटर दौड प्रतियोगिता आगामी पुस २९बाट हुने

बुटवलमा पाँच हजार मिटर दौड प्रतियोगिता आगामी पुस २९बाट हुने

बुटवल : बुटवलको मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटीले ११औं वार्षिकोत्सवको अवसरमा दौडको आयोजना गर्ने भएको छ। स्थापना दिवसको असरमा पाँचौ बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिता गर्ने भएको हो।

आगामी पुस २९ गतेबाट सुरु हुने प्रतियोगितामा विभिन्न माविका छात्र र छात्रा सहभागी हुने आयोजकले जनाएका छन् । प्रतियोगिता योगिकुटीदेखि ट्राफिक चोकसम्म हुने बताइएको छ।

प्रतियोगितामा प्रथम हुने छात्र छात्राले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक केशव पौडेलले जानाकारी दिए। यसैगरी तेस्रो मदन भण्डारी अन्तर मावि फुटसल प्रतियोगिता–२०७६ माघ ३ गते हुनेछ।

फुटसल प्रतियोगितामा विजेताले नगद २४ हजार र उपविजेताले नगद १२ हजार प्राप्त गर्ने कार्यक्रम संयोजक मदन जंग पुनले जानकारी दिए। सोही अवसरमा विभिन्न आश्रममा राहत वितरण गरिने समेत बताइएको छ।