आज बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्यमा पनि तोलामा २०  रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।