चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

काठमाण्डौ : चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरु बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आफूहरुका बीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजाने लगायतका विषयमा छलफल भएको सिले बताएका छन् ।

चीन,जापन र दक्षिण कोरियाका शिर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएका हुन्। चीनको दक्षिण पश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुने भएको छ । (रा.स.स)