ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो दिन मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २३ सयले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ। साथै, चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ।