भारतको झारखण्डमा चुनाव, कांग्रेस गठबन्धनलाई बहुमतको संकेत

भारतको झारखण्डमा चुनाव,  कांग्रेस गठबन्धनलाई बहुमतको संकेत

काठमाडौं : भारतको झारखण्ड विधानसभामा कांग्रेस नेतृत्वको गठबन्धले बहुमत हासिल गर्ने संकेत देखिएको छ ।

सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा महागठबन्धन ९कांग्रेस, झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दल०ले ४१ सिटमा अग्रता कायम राखेका छन् । एक्लै चुनाव लडेको भारतीय जनता पार्टी ९भाजपा० भने २९ सिटमा अगाडि रहेको छ । अन्य दल ११ सिटमा अगाडि छन् ।

झारखण्डमा ८१ सिटका लागि विधानसभा निर्वाचन भएको थियो । बहुमतका लागि ४१ सिट आवश्यक परेको छ ।कडा सुरक्षाबीच मतगणना जारी रहेको छ ।

झारखण्डमा पाँच चरणमा निर्वाचन गरिएको थियो । राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले झारखण्डमा महागठबन्धन विजयी हुने र हेमन्त रोरेन मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । भाजपाका रघुबर दास झारखण्डको पहिलो यस्तो मुख्यमन्त्री हुन्, जसले पाँच वर्षे कार्यकाल पूरा गरेका थिए ।