मंगलबार पनि बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?

मंगलबार पनि बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति ११ सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९५ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ९ सय रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।