सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम भएकोमा आज बुधबार ९४ हजार २०० रूपैयाँ कायम महासंघले जनाएको छ ।यस्तै तेजाबी सुन ९३ हजार ७०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आज प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।