सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ७०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज पुनः घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै, तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ। तेजाबी सुन पनि प्रतितोला ८०० ले घटेको छ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ३१५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।