आज तोलामा ९ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज तोलामा ९ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।  हिजोको तुलनामा तोलामा नौ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य आज ९४ हजार रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

छापावाल सुनको मूल्य हिजो ९४ हजार ९ सय रुपैया तोला थियो । यस्तै तेजावी सुन पनि तोलाको नौ सय रुपैयाँले नै घटेर ९३ हजार पाँच सय रुपैया कायम भएको छ। 

चाँदीको भाउ तोलाको ५० रुपैयाँले घटेर १२ सय ६५ मा कारोवार भइरहेको महासंघले जनाएको छ।