स्वास्थ्य सामग्री खरिद प्रकरणमा थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखाको निर्देशन

स्वास्थ्य सामग्री खरिद प्रकरणमा थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखाको निर्देशन

काठमाडौ । स्वास्थ्य सामग्री खरिद प्रकरणमा थप छानबिन गरि कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो । 

समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको, सामान गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको थियो । 

यद्यपि समितिका सदस्यहरु नै यो विषयलाई त्यतिकै टुङ्गाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरकफरक मत राखेका थिए । समितिले कोही पनि व्यक्ति किटान नगरी दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएको हो । 

यो निर्देशनसँगै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामाग्री खरिद प्रकरणको बहस सकिएको छ । समितिको महिनौंको छलफलले पनि दोषी को हो भन्ने सम्बन्धमा कुनै निर्णय गर्न सकेन ।