आफ्नो भूमीमाथि आक्रमण गरे भारतको कडा प्रतिरोध गर्ने : इमरान खान

आफ्नो भूमीमाथि आक्रमण गरे भारतको कडा प्रतिरोध गर्ने : इमरान खान

काठमाण्डौ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घरेलु तनावलाई विषयान्तर गर्न भारतले दुईदेशीय तनाव निम्त्याउन खोजेको आरोप लगाएका छन् । नागरिकता संशोधन विधेयक (क्याब) को देशव्यापी विरोध भएपछि अहिले भारतमा नरेन्द्र मोदीको सरकार रक्षात्मक अवस्थामा पुगेको छ।

त्यो विरोधलाई उग्र राष्ट्रवादी रुझानमा बदल्न भारतले पाकिस्तानविरुद्ध कुनै न कुनै आक्रमण गर्न लागेको इमरानले बताएका हुन्। हिन्दु राष्ट्रवादलाई उछाल्दै युद्ध उन्माद बढाउने काम भारतले गरिरहेको र आफ्नो भूमीमाथि आक्रमण गरे भारतको कडा प्रतिरोध गरिने खानको बताएको छ। इन्टरनेट सञ्जाल ट्वीटरमा इमरानले लेखेका छन् ।

ट्वीटमा खानले मोदी सरकारको नेतृत्वमा पछिल्लो पाँच बर्षयता भारत हिन्दुराष्ट्र बन्ने बाटोमा गइरहेको तथा यसमा हिन्दू श्रेष्ठता र फासीवादी विचारधारा मिसिएको टिप्पणी गरेका छन्। नागरिक संशोधन विधेयकका विरुद्ध लाखौं भारतीय सडकमा रहेको र उनीहरुले भारतको विविधता कायम राखिराख्न कोशिस गरेको पनि खानले ट्वीटमा उल्लेख गरेका छन्।