आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।