चन्द्रमाबाट माटो र ढुंगा लिएर फर्कियो चिनियाँ यान

चन्द्रमाबाट माटो र ढुंगा लिएर फर्कियो चिनियाँ यान

चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको हो । चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी ९सिएनएसए० का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो ।

चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ । यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै यस्तो गर्न सकेका थिए । यो अभियान सफल भएसँगै चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।