आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५० कायम भएको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।