आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९५० कायम भएको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।