भारतका भाजपाले थाल्यो जागरण अभियान

भारतका भाजपाले थाल्यो जागरण अभियान

काठमाडौं : भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनका कारण पछिल्लो एक हप्तामा १४ राज्यमा विरोध प्रदर्शन जारी रहेको छ । उक्त विरोध प्रदर्शनलाई मत्थर पार्ने प्रयासमा सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा०ले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसक्रममा जनतालाई भेटेर नागरिकता विधेयकबारे बुझाउने, आफ्नो देशमा प्रताडित भएका कारण भारतमा शरण लिएर बस्दै आएकाहरुलाई समेत सहभागी गराएर र्‍याली निकाल्ने लगायतका कार्यक्रम हुनेछन् । भाजपा महासचिव भुपेन्द्र यादवका अनुसार अभियानका क्रममा २५० स्थानमा पत्रकार सम्मेलन गरेर विपक्षी दलको भण्डाफोर गर्नेलगायतका कार्यक्रम पनि हुनेछन् ।

भारत सरकारले नागरिकता सम्बन्धी कानुन संशोधन गरेर भारतमा शरण लिएर बस्दै आएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने निर्णय गरेको थियो । यसबाट मुस्लिम समुदायलाई विभेद भएको भन्दै सुरु भएको आन्दोलनका कारण एक दर्जन बढी नागरिकको ज्यान गइसकेको छ ।

यस बीचमा दुई मुद्दा प्रमुख रुपमा उठेका छन् । पहिलो( नागरिकता संशोधन कानुन अर्थात् सीएए । र, दोस्रो( नेशनल रजिष्टर अफ सिटिजन अर्थात् एनआरसी । नागरिकता संशोधन विधेयकको हालसम्म नौ मुख्यमन्त्रीले विरोध जनाएका छन् । यी मुख्यमन्त्री ती नौ राज्यमा सरकार चलाइरहेका छन् जहाँ भारतको एक तिहाइ भूभाग पर्दछ र ३० प्रतिशत जनसंख्याले ओगटेको छ । हाल भारतमा केन्द्र शासित ९ सहित २८ प्रदेश रहेका छन् । दोस्रो मुद्दा एनआरसीको योजनाको खाका तयार हुनु अगाडि नै ७ मुख्यमन्त्रीहरुले त्यसलाई आफ्नो राज्यमा लागू हुन नदिने बताइसकेका छन् ।