काठमाडौं म्याराथनको उपाधि नरेन्द्र रावलले जिते, महिलातर्फ कान्छीमायाले गरिन ह्याट्रिक

काठमाडौं म्याराथनको उपाधि नरेन्द्र रावलले जिते, महिलातर्फ कान्छीमायाले गरिन ह्याट्रिक

काठमाडौं : काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् ।रेश्वरस्थित दशरथ रंगशाला आज९शनिबार० भएको प्रतियोगितामा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् । उनले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । आर्मीकै ज्ञान प्रसाद भट्टराई तेस्रो भए ।

यता, म्याराथनको महिलातर्फको उपाधि सशस्त्र प्रहरी क्लबकी कान्छीमाया कोजुले जितेकी छिन् । निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै उनले उपाधि जितेकी हुन् । योसँगै कान्छीमायाले काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् ।समग्रमा उनको यो पाँचौ उपाधि हो । कान्छीमायाले यस अघिका दुई संस्करण समेत जितेकी छन् । महिलातर्फ आर्मीकी सरिता बासी दोस्रो र निर्जला ताम्राकार तेस्रो भएकी छन् । प्रो स्पोर्टस प्रालिले आयोजना गरेको म्याराथनमा विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।